गुजरातविरुद्ध फिल्डिङ गर्दै नेपाल

हिमाल प्रेस १८ चैत २०८० १५:०२ | Sunday, March 31, 2024
गुजरातविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौँ- नेपालले एसएमएस फ्रेन्डसिप कप ट्वान्टी २० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक गुजरात क्रिकेट संघविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ। वापीमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिए। दुवै टोली जितका साथ प्रतियोगिताको सुरुआत गर्ने लक्ष्यमा छन्।

अप्रिल ७ सम्म हुने प्रतियोगितामा यी दुईसँगै बरोडा क्रिकेट संघ सहभागी छ। नेपालले आइसिसी ट्वान्टी २० विश्वकपको तयारी स्वरूप यो प्रतियोगिता खेल्न लागेको हो। ट्वान्टी २० विश्वकप जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ। समूह ‘डी’ मा नेपाल दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्।

प्रकाशित: १८ चैत २०८० १५:०२ | Sunday, March 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast