गाउँपालिका अध्यक्ष हारेकालाई संघीय सांसदमा उठाउँदै एकीकृत समाजवादी

हिमाल प्रेस १४ चैत २०८० १३:३० | Wednesday, March 27, 2024
गाउँपालिका अध्यक्ष हारेकालाई संघीय सांसदमा उठाउँदै एकीकृत समाजवादी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले इलाम-२ को प्रतिनिधिसभा र बझाङको प्रदेश सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ।

एकीकृत समाजवादीले इलाम-२ मा जीतबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

राई इलामको माइजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन्। उनी २०७४ को निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा भने उनी नेकपा एमालेका कुशबहादुर थेवेसँग पराजित भएका थिए।

यस्तै, बझाङ-१ को प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य मोहन गौतमले जानकारी दिए।

सिंह एकीकृत समाजवादीका बझाङ जिल्ला अध्यक्ष हुन्।

प्रकाशित: १४ चैत २०८० १३:३० | Wednesday, March 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast