गरिमा विकास बैंकको वित्तीय जागरण कार्यक्रम

हिमाल प्रेस १ चैत २०८० २०:३५ | Thursday, March 14, 2024
गरिमा विकास बैंकको वित्तीय जागरण कार्यक्रम

काठमाडौँ– गरिमा विकास बैंकले ब्ल्यू डाइमन्ड सोसाइटीका सदस्यहरूलाई वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ। बैंकको चाबहिल शाखा द्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित सहभागीहरूलाई उत्प्रेरणा दिँदै व्यक्तिगत वित्तीय व्यवस्थापन, डिजिटल फ्रडबारे सचेतना, विभिन्न प्रकारका बचत, कर्जाहरु
तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाका विषयमा वित्तीय शिक्षा प्रदान गरिएको हो।

कार्यक्रममा सोसाइटीको तर्फबाट अध्यक्ष शीतल पिंकी गरुङको उपस्थिति रहेको थियो भने गरिमा विकास बैंकका तर्फबाट जोखिम व्यवस्थापन विभाग प्रमुख दीपकराज भण्डारी, लाजिम्पाट क्षेत्रीय कार्यालय प्रमुख रमेश रिजाल, चाबहिल शाखा प्रमुख ईक्षा भण्डारी र अन्य कर्मचारीहरूको उपस्थिति थियो।

कार्यक्रमले वित्तीय ज्ञान प्रदान गर्ने र आत्मनिर्भरबन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पार्ने बैंकले विश्वास लिएको छ।

प्रकाशित: १ चैत २०८० २०:३५ | Thursday, March 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast