 
                             
                                            काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र आदर्शविहीन सत्तालोलुप व्यवस्था प्रमाणित भएको बताएका छन्।
पार्टी पदाधिकारी र क्षेत्रीय समन्वय समितिका अध्यक्षहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले १४ महिनामा ४ वटा गठबन्धन,१३ पटक मन्त्रिपरिषद पुनर्गठन, ४३ जना मन्त्री यसको प्रमाण भएको समेत बताए।
यस किसिमको अस्थिरता र ब्रम्हलुटले देशको आर्थिक बिकास नहुने र वैदेशिक लगानी पनि नभित्रने दाबी गरे।
नेताहरूको यस्तै प्रवृत्तिको कारण राज्यप्रति जनताको भरोसा टुटेको टिप्पणी गर्दै उनले सधैँको लागि देश छोडेर जाने लहर बढेको प्रति राज्य उदाशिन भएको समेत आरोप लगाए।
                            प्रकाशित: २६ फागुन  २०८० १३:४९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 