गठबन्धनको ‘साझा न्यूनतम नीति तथा कार्यक्रम’ कार्यदलले शीर्ष नेतालाई बुझायो

हिमाल प्रेस ३ चैत २०८० १०:५२ | Saturday, March 16, 2024
गठबन्धनको ‘साझा न्यूनतम नीति तथा कार्यक्रम’ कार्यदलले शीर्ष नेतालाई बुझायो

काठमाडौँ- सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलले साझा न्यूनतम नीति तथा कार्यक्रम शीर्ष नेतालाई बुझाएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहितका शीर्षनेताहरूलाई कार्यदलले नीति तथा कार्यक्रम बुझाएको हो। नयाँ गठबन्धन बनेसँगै २१ फागुनमा कार्यदल गठन गरेर नीति तथा कार्यक्रम बनाउन लगाइएको थियो। कार्यदलमा सत्तामा सहभागी सबै दलका प्रतिनिधि थिए।

कार्यदलमा एमाले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री डा। मुकुल ढकाल तथा जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यद्वय मनीष सुमन र राजेन्द्र श्रेष्ठ सदस्य छन् ।

यस्तै एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल पनि कार्यदलमा समेटिएका छन् ।

प्रकाशित: ३ चैत २०८० १०:५२ | Saturday, March 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast