के राष्ट्र बैंकमा पनि खाता खोल्न मिल्छ?

हिमाल प्रेस ८ चैत २०८० ७:२९ | Thursday, March 21, 2024
के राष्ट्र बैंकमा पनि खाता खोल्न मिल्छ?

काठमाडौँ- नेपाल राष्ट्र बैंक बैंकहरूको पनि बैंक हो। अर्थात बैंकहरूलाई नियमन गर्ने काम राष्ट्र बैंकको हो। राष्ट्रले मौद्रिक नीति निर्माण गर्ने समेत गर्दछ।

हरेक बैंकिङ क्षेत्रका बारेमा चासो राख्ने राष्ट्र बैंकमा खाता खोल्न मिल्छ/मिल्दैन भन्ने चाहिँ चासोको विषय रहेको छ।

राष्ट्र बैंकमा खाता खोल्न नमिल्ने होइन। तर राष्ट्र बैंकमा सरकारी कार्यालय, सरकारी संघरसंस्था र बैंक तथा वित्तीय संस्थाको खाता खोलिन्छ। योसम्बन्धी कारोबार पनि हुन्छ। तर यस बैंकमा कुनै पनि व्यक्तिको व्यक्तिगत खाता खोल्ने व्यवस्था छैन।

कुनै व्यक्ति, उद्योग वा राजनैतिक संस्थाको लागि खाता सञ्चालन गर्न नेपाल राष्ट्र बैंक ऐनले नै रोक लगाएको छ। त्यसैले र्सवसाधारण र निजी संस्थाहरूले नेपाल राष्ट्र बैंकमा खाता खोल्न मिल्दैन।

प्रकाशित: ८ चैत २०८० ७:२९ | Thursday, March 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast