कुबेतमा सडक दुर्घटनामा तीनजना नेपालीको मृत्यु

हिमाल प्रेस १ चैत २०८० १२:१५ | Thursday, March 14, 2024
कुबेतमा सडक दुर्घटनामा तीनजना नेपालीको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडाैँ- कुबेतमा सडक दुर्घटनामा तीनजना नेपालीको मृत्यु भएको छ।

मंगलबार बिहान महबुला क्षेत्रमा कारले ठक्कर दिँदा तीन नेपालीको घटनास्थलै मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासका सूचना अधिकारी प्रेमराज गौतमले जानकारी दिए।

उनका अनुसार नागार्जुन नगरपालिका-२ सानोभर्‍याङ बस्ने सुजन कार्की, पञ्चदेवल विनायक नगरपालिका-५ अछामका सुरजबहादुर कडायत र वेंगाडावर-३ मिथिला नगरपालिका धनुषाका धीरज गुर्माछान मगरको घटनास्थलमै मृत्यु भएको हो।

उनीहरूको पासपोर्टमा भएको ठेगानाका आधारमा परिवारसँग सम्पर्क गर्ने प्रयास भइरहेको गौतमले जानकारी दिए।

उनले कुबेतको सबै प्रक्रिया पूरा गरेर र परिवारसँग सम्पर्क गरेर शवलाई नेपाल पठाइने बताए। कुबेतको पापाजोन कम्पनीमा कार्यरत उनीहरू साथीलाई भेट्न गएका थिए।

फर्किने क्रममा बाटो काट्दा कारले ठक्कर दिएपछि मृत्यु भएको थियो।

प्रकाशित: १ चैत २०८० १२:१५ | Thursday, March 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast