कांग्रेससँग लामो समय गठबन्धनमा माओवादी बसेको भए सक्किन्थ्यो : महेन्द्रराय यादव

हिमाल प्रेस ३० फागुन २०८० १३:१८ | Wednesday, March 13, 2024
कांग्रेससँग लामो समय गठबन्धनमा माओवादी बसेको भए सक्किन्थ्यो : महेन्द्रराय यादव

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रराय यादवले निर्वाचनमा कांग्रेससँग लिखित सहमति गरेर अघि नबढेको प्रस्ट पारेका छन्।

उनले कांग्रेससँग सहमति नगरेकाले आफूहरूले धोका नदिएको बताए। उनले कांग्रेससँग माओवादी लामो समय सरकारमा बसेको भए माओवादी सक्किने बताएका छन्।

उनले आज प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मत प्रस्तावमाथि समर्थन गर्ने जनाउँदै माओवादी अग्रगामी र कांग्रेस यथास्थितिवादी पार्टी भएको बताए।

उनले कांग्रेससँग माओवादीको गोत्र नमिलेको जनाए।

प्रकाशित: ३० फागुन २०८० १३:१८ | Wednesday, March 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast