कांग्रेसले संसद्‌मा आलोकाँचो व्यवहार देखायो : बर्तौला

हिमाल प्रेस ६ चैत २०८० १८:५० | Tuesday, March 19, 2024
कांग्रेसले संसद्‌मा आलोकाँचो व्यवहार देखायो : बर्तौला महेश बर्तौला

काठमाडौँ- एमाले प्रमुख सचेतक महेश बर्तौलाले लामो इतिहास बोकेको कांग्रेसले संसद्मा देखाएका प्रस्तुति आलोकाँचो रहेको टिप्पणी गरेका छन्। कांग्रेसको यस्तो व्यवहारले संसद्को मूल्यमान्यतालाई जीवन्त तुल्याउन नसक्ने बर्तौलाको भनाइ छ।

‘उपपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेका सम्बन्धमा संसदीय छानबिन समितिको माग गर्नु राजनीतिक पूर्वाग्रह र सरकारभन्दा बाहिर रहनुको छट्पटहाटमात्रै हो’, संसद् भवन परिसरमा मंगलबार पत्रकारसँग बर्तौलाले भने। कांग्रेसले आफ्नो प्रस्तुति सच्याउँदै सरकारलाई काम गर्न दिने वातावरण बनाउनुपर्ने माग उनको छ।

 

प्रकाशित: ६ चैत २०८० १८:५० | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast