कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

हिमाल प्रेस २ चैत २०८० ११:५७ | Friday, March 15, 2024
कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ।

प्रतिनिधिसभाकाे शुक्रबारकाे बैठकमा कांग्रेसले सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएको हो।

कांग्रेस सांसद प्रदीप पौडेलले बैठकलाई सम्बोधन भने,‘मेरो मित्र गृहमन्त्रीज्यूलाई म आग्रह गर्न चाहन्छु कि उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहारण प्रस्तुत गर्नुस्।’

उनले अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारी पीडितहरूको माग कसरी पूरा हुन्छ? भन्दै प्रश्न गरे। पाैडेलले पीडितहरूको विश्वास जित्न नसक्ने सरकारले वित्तीय समस्यालाई समाधान गर्न नसक्ने बताए।

सुशासन भनिरहने सरकारले विवादित व्यक्तिलाई गृहमन्त्री बनाएर गल्ती गरेको पाैडेलकाे भनाइ छ।

प्रकाशित: २ चैत २०८० ११:५७ | Friday, March 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast