कांग्रेसको अडान : गृहमन्त्रीले राजीनामा दिनैपर्छ

हिमाल प्रेस ६ चैत २०८० १२:४५ | Tuesday, March 19, 2024
कांग्रेसको अडान : गृहमन्त्रीले राजीनामा दिनैपर्छ प्रतिनिधिसभामा सम्बाेधन गर्दै कांग्रेस सांसद दीपक गिरी। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनैपर्ने अडान दोहोर्‍याएको छ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले निष्पक्ष छानबिन गर्न दिन पदबाट राजीनामा दिनुपर्ने बताए। उनले प्रहरीले अनुसन्धान गर्न असहज भएकाले राजीनामाको विकल्प नभएको उनको भनाइ छ।

‘गृहमन्त्रीज्यु यो विवादमा पर्नुभएको छ। नैतिकताकै लागि भए पनि राजीनामा दिनुपर्छ,’ उनले भने,‘यसको अनुसन्धान प्रहरीले गर्ने हो। गृहमन्त्रीकै नेतृत्वमा रहेको प्रहरीले कसरी उहाँलाई नै अनुसन्धान गर्ला। त्यही कारण राजीनामा दिनुहोस्।’

उनले लामिछानेले किन गृह नै रोजे भन्ने आश्चार्यजनक कुरा रहेको बताए। लामिछानेले पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ।

प्रकाशित: ६ चैत २०८० १२:४५ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast