कांग्रेसका आदिवासी जनजाति विभागमा १० सदस्य मनोनयन

हिमाल प्रेस १६ चैत २०८० १३:२३ | Friday, March 29, 2024
कांग्रेसका आदिवासी जनजाति विभागमा १० सदस्य मनोनयन कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको पार्टीको आदिवासी जनजाति विभागमा सदस्य मनोनीत भएका छन्। सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको उक्त विभागमा १० जना सदस्य मनोनीत गरेका हुन्।

सदस्य मनोनीत हुनेमा नगेन्द्रकुमार कुमाल, रेशमबहादुर गुरुङ, आनन्दसन्तोषी राई, आङपासाङ शेर्पा, दोलखा, चन्द्रकुमार आङ्दम्वे, सलाम सिंह तामाङ, थममाया छन्त्याल, रमेश जिमी, धनबहादुर श्रेष्ठ र कृष्ण घिसिङ रहेका छन्।

सभापति देउवाले गत भदौ १६ मा पाख्रिनलाई विभागीय प्रमुखको जिम्मेवारी दिएका थिए। उक्त विभागमा ७ महिनापछि १० जना सदस्य मनोनीत भएका छन्। कांग्रेसको विधानमा विभाग ५१ सदस्यीय रहने व्यवस्था छ।

प्रकाशित: १६ चैत २०८० १३:२३ | Friday, March 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast