कर्णालीमा कांग्रेसको संगठन सुदृढ अभियान

हिमाल प्रेस १ चैत २०८० १२:५५ | Thursday, March 14, 2024
कर्णालीमा कांग्रेसको संगठन सुदृढ अभियान

सुर्खेत- नेपाली कांग्रेसले संगठन सुदृढ अभियान सुरु गर्ने भएको छ। कर्णालीका १० वटै जिल्लामा नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको नेतृत्वमा चैत्र २ गतेबाट संगठन सुदृढ यात्रा अभियान सञ्चालन हुन लागेको हो।

सशक्त, सबल, प्रभावकारी, सुदृढ, लोकप्रिय, बलियो र गतिशील पार्टी बनाउने उद्देश्यले अभियानको सञ्चालन गर्न लागिएको युवा नेता शाहीले बताए। ‘हामी सबै पार्टी सदस्यहरुको कर्तव्य र दायित्व पनि हो।’

उनले भने,‘चैत्र २ गतेबाट ‘नेपाली कांग्रेस संगठन सुदृढ यात्रा’ सल्यान कपुरकोटदेखि हुम्ला सीमिकोटसम्म कर्णाली प्रदेशका १० वटै जिल्लामा पार्टीको संगठन सुदृढ, सबल, गतिशिल, कृयाशिल र प्रभावकारी बनाउन यो यात्रा सन्चालन गर्न लागिएको छ।’

नेपाली कांग्रेसको गौरवशाली इतिहासलाई कायम राख्न अनुभवी पुस्तालाई सम्मान दिदै वर्तमान पुस्ताको उर्जालाइ अभिवृध्दि गर्दै भाबी पुस्तालाई कांग्रेसमा जोड्ने उद्देश्यका यात्रा गर्न थालिएको शाहीले जानकारी दिए।

‘नेपाली कांग्रेसलाई अग्रज पुस्तादेखि युवा पुस्तासम्म भेटघाट, छलफल, बहस, अन्तरक्रियाको माध्यमबाट पार्टीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएर संगठनलाई बलियो, सशक्त बनाउँदै पार्टीलाई थप उर्जाशील र गतिशील बनाउनु अभियानको मूल उद्देश्य हो।’

उनले भने, ‘पार्टीलाई चलायमान र जागृत गर्दै भ्रातृसंस्था तथा शुभेच्छुक संस्थाहरूका नेता, पार्टीका कार्यकर्तामा नयाँ आशा, भरोसा र नयाँ ऊर्जा थप्न तथा पार्टी पंतिमा उत्साह र उत्प्रेरणा ल्याउन यो अभियान प्रारम्भ गरिएको हो।’

संगठनको गाउँ टोल तहमा रहेर काम गरिरहेका नेता, कार्यकर्ता नै संगठनको मूल आधार भएकाले उनीहरूसँग भेटघाट छलफल गरिने नेता शाहीले जानकारी दिए।

‘पार्टीलाई जनतासँग जोड्न र जनताको भावनालाई पार्टीसम्म जोड्न यो अभियानले त्यो तहसँग धरातलमै भेटेर संवाद मात्र गर्ने छैन।’ उनले भने, ‘उनले आएका रायसुझाव पार्टीलाई दिएर घच्घच्चाउने काम पनि गर्ने बताए। यो अभियानमार्फत पार्टी र लोकतान्त्रिक व्यवस्था माथि देखिएका चुनौतीहरूको पनि चिरफार गरिनेछ।’

समग्रमा नेपाली कांग्रेसलाई पुनर्जीवन दिन, पार्टीलाई नयाँ रक्तसन्चार दिन यो अभियान सञ्चालन गर्न लागिएको शाहीले बताए।

‘नेपाली कांग्रेसलाई इतिहास कालझैं क्रान्तिकारी पार्टी, जनताको आशालाग्दो, भरोसा लाग्दो र विश्वासलाग्दो पार्टी बनाउनु यो अभियानको मुख्य उद्देश्य हो।’ यो अभियानमा हामीले कर्णालीका १० जिल्लामै पुग्ने बताएका छन्।

प्रकाशित: १ चैत २०८० १२:५५ | Thursday, March 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast