कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

हिमाल प्रेस १८ चैत २०८० १६:०९ | Sunday, March 31, 2024
कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने फाइल तस्बिर

काठमाडौँ– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले पर्सि मंगलबार विश्वासको मत लिने भएका छन्। नेपाली कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्री शर्माले चैत २० गते मंगलबार विश्वासको मत लिने पत्र प्रदेश सभा सचिवालयलाई पठाइसकेको मुख्यमन्त्रीका प्रेस विज्ञ प्रतीक इच्छुक शर्माले जानकारी दिए।

गठबन्धनमा रहेका दल माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीको एक गरी २४ जना छन्। ४० सदस्यीय कर्णाली प्रदेश सभामा बहुमतका लागि कम्तीमा २१ प्रदेश सभा सदस्य आवश्यक पर्छ। कर्णालीका मुख्यमन्त्री शर्मा तेस्रो पटक विश्वासको मत लिँदैछन्।

प्रकाशित: १८ चैत २०८० १६:०९ | Sunday, March 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast