कम्युनिस्टका नाममा अवसर खोज्ने आफैँ पतन हुनेछन् : ओली

हिमाल प्रेस ७ चैत २०८० १६:४७ | Wednesday, March 20, 2024
कम्युनिस्टका नाममा अवसर खोज्ने आफैँ पतन हुनेछन् : ओली

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले देश बनाउने संकल्पलाई पूरा गर्नेगरी काम गर्ने बताएका छन्। नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीको कार्यकर्ता भेलालाई बुधबार सम्बोधन गर्दै ओलीले अहिले देशमा निष्ठाको राजनीतिको संकट देखिएको भन्दै एमाले भने देश बनाउने संकल्प पूरा गर्ने गरी काम गर्ने उद्देश्यका साथ अघि बढेको बताएका हुन्।

ओलीले नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको नाम लिँदै कम्युनिस्टका नाममा स्वार्थी अवसर खोज्नेहरू आफैँ पतन हुँदै जाने जिकिर गरे। साथै उनले कांग्रेस सरकारबाट बाहिर रह्यो भनेर सबैभन्दा पीडा सिंहलाई नै भएको टिप्पणी गरे।

अध्यक्ष ओलीले पार्टीभित्र पद नभई काममा ध्यान केन्द्रित गर्न कार्यकर्तालाई निर्देशन दिए। उनले पार्टी कमिटीमा नेतृत्वको विवाद हुने गरेको भन्दै नेतृत्व गर्ने कुरा धारामा पानी थाप्न लाइन बसेको जस्तो नभएको बताए।

ओलीले काठमाडौँ जिल्लामा एमाले पछिल्लो समय कमजोर देखिएकाले आगामी निर्वाचनमा यसअघिको परिणाम नदोहो¥याउने गरी तयारी गर्न समेत निर्देशन दिए।

प्रकाशित: ७ चैत २०८० १६:४७ | Wednesday, March 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast