कमल थापा भन्छन् : धर्म परिवर्तन डरलाग्दो समस्या

हिमाल प्रेस १६ चैत २०८० १८:४३ | Friday, March 29, 2024
कमल थापा भन्छन् : धर्म परिवर्तन डरलाग्दो समस्या

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भएको भन्दै यसले सामाजिक सद्भाव र एकता भड्काउने काम गरेकोमा चिन्ता प्रकट गरेका छन्। हेटौंडा पुगेका थापाले सञ्चारकर्मीहरूसँ कुरा गर्दै अमेरिकी संसदमा समेत नेपालको बारेमा प्रश्न उठेको भन्दै नास्तिकता बढाउन भएको आर्थिक लगानीबारे सरकारले तत्काल छानबिन गरेर कार्बाही गर्नुपर्नेमा जोड दिए।

संघीय धर्म निरपेक्ष गणतन्त्र असफल साबित भएको भन्दै अहिलेको व्यवस्था र प्रणाली भ्रष्टतन्त्रमा रुपान्तरण भएको चर्चा गर्दै थापाले राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको मार्गचित्रले मात्र मुलुक स्थिर र प्रगतितर्फ जाने स्पष्ट पारे।

संघीयताको अनावश्यक भारी देशले थाम्न नसक्ने भन्दै संघीयता खारेज गर्नुपर्ने बताए। कार्यनीतिका कारण राप्रपासँगको एकता क्षीण बन्दै गएको भन्दै उहाले राप्रपा सत्ता केन्द्रित मानसिकताबाट ग्रस्त भएको टिप्पणी गरे।

अहिले देशको व्यवस्था र अवस्था परिवर्तन गर्न आन्दोलन आवश्यक भएको भन्दै थापाले सबै राष्ट्रवादी शक्तिबीच बृहत मोर्चा बन्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित: १६ चैत २०८० १८:४३ | Friday, March 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast