काठमाडौँ- दक्षिण भारतीय फिल्म ‘कंगुवा’ को टिजर सार्वजनिक भएको छ। ५१ सेकेन्डको टिजरमा सूर्या र बबी देओलको भिडन्त देख्न सकिन्छ।
शिवले निर्देशन गरेको फिल्ममा सूर्या र बबीसहित दिशा पाटनी, जगपति बाबु, योगी बाबु, रादिन किङ्स्ले, केएस रविकुमारलगायत कलाकारको अभिनय छ।
निशद युसुफले छायांकन गरेका फिल्म विश्वभर ३८ भाषामा प्रदर्शन गरिने छ। टिजर सारेगम तमिल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो।
प्रकाशित: ७ चैत २०८० १३:४३ | Wednesday, March 20, 2024
प्रतिक्रिया



