एसईईमा दुई हजार ६४ परीक्षा केन्द्र कायम

हिमाल प्रेस १२ चैत २०८० १०:१० | Monday, March 25, 2024
एसईईमा दुई हजार ६४ परीक्षा केन्द्र कायम

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि दुई हजार ६४ परीक्षा केन्द्र कायम गरेको छ। परीक्षा चैत १५ गतेदेखि सुरु हुँदैछ।

बोर्डका अनुसार कोशी प्रदेशमा ३७८, मधेशमा, २९५, बागमती ४४१, गण्डकीमा २१४, लुम्बिनीमा ३३८, कर्णालीमा १८६, सुदूरपश्चिममा २११ र जापानमा १ परीक्षा केन्द्र कायम गरिएको छ।

बोर्डको भनाइमा सबैभन्दा धेरै परीक्षा केन्द्र काठमाडौँमा १२७ केन्द्रमा र थाेरै मनाङ र मुस्ताङमा एक-एक परीक्षा केन्द्र कायम गरिएको छ।

यसवर्ष एसईईमा देशभरबाट ५ लाख चार हजार ४१४ विद्यार्थीले परीक्षा फाराम भरेका छन् भने अहिलेसम्म ४ लाख ७५ हजार १३४ जना परीक्षार्थीले प्रवेशपत्र लिइसकेको बोर्डको भनाइ छ।

प्रकाशित: १२ चैत २०८० १०:१० | Monday, March 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast