एलिना चौहान प्रकरणमा प्रतिष्ठानले भन्यो : साउन्ड सिस्टम उपलब्ध नगराउने निर्णय गैरजिम्मेवार

हिमाल प्रेस २८ फागुन २०८० ७:५६ | Monday, March 11, 2024
एलिना चौहान प्रकरणमा प्रतिष्ठानले भन्यो : साउन्ड सिस्टम उपलब्ध नगराउने निर्णय गैरजिम्मेवार गायिका एलिना चौहान।

काठमाडौँ- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गायिका एलिना चौहान र साउन्ड टेक्निसियनबीचको समस्या समाधान गर्न अनुरोध गरेको छ।

कलाकार र साउन्ड टेक्निसियनबीचको विवादले साउन्ड सिस्टम उपलब्ध नगराउने भन्ने विषय गैरजिम्मेवारपन भएको प्रतिष्ठानले जनाएको छ। विज्ञप्तिमार्फत प्रतिष्ठानले जिम्मेवार र बहिस्कारको सोचबाट उद्धत अभिव्यक्ति प्रति घोर आपत्ति भएको उल्लेख गरेको छ।

गत फाल्गुण २० गते पर्वतमा सम्पन्न मगर महोत्सव-२०८० मा गायिका एलिना चौहान र साउन्ड टेक्निसियनबीच विवाद भएको थियो।

दुवैबीच भनाभन हुँदा गायिका कार्यक्रम छाडेर हिँडेकी थिइन्। यसपछि साउन्ड टेक्निसियनलाई गायिकाले थर्काएको भन्दै सबै साउन्ड टेक्निसियनले एलिनाको कार्यक्रममा साउन्ड सिस्टम नदिने जनाएको थियो। यस विषयमा गायिका चौहानले भने क्षमा मागिसकेकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast