एमाले गोरखाको अध्यक्षमा आरसीले उम्मेदवारी फिर्ता गरेपछि दुईजनाबीच प्रतिस्पर्धा, थापा निर्वाचित [मतसहित]

हिमाल प्रेस २८ फागुन २०८० ९:५८ | Monday, March 11, 2024
एमाले गोरखाको अध्यक्षमा आरसीले उम्मेदवारी फिर्ता गरेपछि दुईजनाबीच प्रतिस्पर्धा, थापा निर्वाचित [मतसहित]

काठमाडौँ- नेकपा एमाले गोरखाको अध्यक्षमा सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन्। एमाले गोरखाको आठौँ जिल्ला अधिवेशनबाट थापा अध्यक्षमा निर्वाचित भएका हुन्।

विद्यार्थी राजनीतिबाट उदाएका आरसी लामिछानेले पनि उम्मेदवारी दिएका थिए। तर पार्टी नेतृत्वको दबाबमा उनले उम्मेदवारी फिर्ता गरे।

गोरखामा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबीच टक्कर भएको थियो। गुरुङ निकट मानिने थापाले अध्यक्षमा जिते।

आज बिहान सकिएको मतगणनाअनुसार थापाले निवर्तमान उपाध्यक्ष कृष्ण नेपालीलाई ७५ मतले पराजित गरेका हुन्।

उनले २८० मत ल्याउँदा नेपालीले २०५ मत ल्याए। यता अधिकारी पक्षले नेपालीलाई सर्वसम्मत गराउन चाहेको थियो। थापा पछि नहट्दा चुनाव भएको एमालेका एक नेता बताउँछन्।

उपाध्यक्षमा मेनबहादुर अधिकारी र सचिवमा काजिराम रोका निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ। यस्तै उपसचिवमा खुलातर्फ मनोज जोशी र महिला उपसचिवमा शान्ति चापागाईं निर्वाचित हुन्।

अध्यक्ष:
सुरेन्द्र बहादुर थापा :- २८०
कृष्ण नेपाली:-२०५
उपाध्यक्ष :
मिन बहादुर अधिकारी:-२७०
कमल दानी:- १२१
कृष्ण काप्री:- ७१
सचिव:
काजिराम रोका :- ३५३
उपेन्द्र देवकोटा :- १०५
उपसचिव :
मनोज जोशी:- २६५
सन्जित श्रेष्ठ:-६७
विष्णु पन्त:- ११४
उपसचिव महिला:
शान्ति चापागाई :- ३२०
नानि माया थापा:- १५०
प्रकाशित: २८ फागुन २०८० ९:५८ | Monday, March 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast