एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित

हिमाल प्रेस १४ चैत २०८० १८:१२ | Wednesday, March 27, 2024
एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित

पोखरा– नेकपा (एमाले) कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित भएका छन्। पार्टीको एघारौँ जिल्ला अधिवेशनमा भएको मतदानमा अधिकारी निर्वाचित भएका हुन्। उनले ५५१ मत ल्याएका छन्। अर्का प्रतिस्पर्धी माधव बास्तोलाले ३४७ मत ल्याएको एमाले कास्कीले जनाएको छ। निर्वाचनमा ९१४ मत खसेको थियो।

अधिकारी यसअघि पार्टीका जिल्ला सचिव थिए। शनिबारदेखि सुरु भएको अधिवेशनको मंगलबार रातिमात्र विद्युतीय माध्यमबाट मतदान भएको हो। अध्यक्षमा अधिकारी,  बास्तोला र विवेक त्रिपाठी प्रतिस्पर्धामा थिए।

बैनबहादुर एमाले केन्द्रीय सदस्य खगराज अधिकारी निकटका हुन् भने बास्तोला केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङनिकट हुन्।

प्रकाशित: १४ चैत २०८० १८:१२ | Wednesday, March 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast