एमालेको निष्कर्ष : नयाँ गठबन्धन बनाउने हो भने प्रधानमन्त्रीले पुरानो गठबन्धन छाडेँ भन्नुपर्छ

हिमाल प्रेस २१ फागुन २०८० ९:१८ | Monday, March 4, 2024
एमालेको निष्कर्ष : नयाँ गठबन्धन बनाउने हो भने प्रधानमन्त्रीले पुरानो गठबन्धन छाडेँ भन्नुपर्छ

काठमाडौँ- नेकपा एमालेले सत्ता गठबन्धन धरापमा परेको बताएको छ।

एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ चाल चलाउन चाहे पुरानो गठबन्धन त्याग्नुपर्ने निष्कर्ष निकालेको छ।

एमालेले बालकोटमा राखेको आज बिहानको आकस्मिक सचिवालय बैठकमा प्रधानमन्त्रीले नयाँ गठबन्धन बनाए आफूहरू तयार रहेको निष्कर्ष निकालेको हो।

एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकपछि नेता प्रदिप ज्ञवालीले भने,‘सत्ता गठबन्धनमा गम्भीर संकट बढेको देखियो।’

उनका अनुसार प्रधानमन्त्री गठबन्धन टुटाउन तयार भए आफूहरू नयाँ ढंगले अघि बढ्न तयार रहेको एमालेको निष्कर्ष रहेको छ।

प्रकाशित: २१ फागुन २०८० ९:१८ | Monday, March 4, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast