एमाले कन्चनपुर अध्यक्षमा लक्ष्मी बुढा

हिमाल प्रेस ६ चैत २०८० ८:०८ | Tuesday, March 19, 2024
एमाले कन्चनपुर अध्यक्षमा लक्ष्मी बुढा

काठमाडौँ- नेकपा एमालेको कन्चनपुर जिल्ला अध्यक्षमा लक्ष्मी बुढा निर्वाचित भएकी छन्। एमालेको नवौं जिल्ला अधिवेशनबाट बुढा सर्वसम्मत अध्यक्ष चयन भएकी हुन्।

अधिवेशनबाट उपाध्यक्षमा जनकराज अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा अशोक चन्द र राजीव खड्का चयन भएका छन्। उनिहरुमध्ये चन्दले अध्यक्षमा उम्मेदवारी दिएका थिए।

जिल्ला अधिवेशनमा पांच दिनसम्म सहमतिका लागि प्रयास भएको थियो। अधिवेशनमा अधिकांश प्रतिनिधिहरु निर्वाचनको पक्षमा भएपनि नेतृत्व सहमतिको पक्षमा थियो।

प्रकाशित: ६ चैत २०८० ८:०८ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast