उम्मेदवारी घोषणा गर्न इलाम पुगेका गृहमन्त्रीले लिए सुरक्षा जानकारी

हिमाल प्रेस १७ चैत २०८० १२:१४ | Saturday, March 30, 2024
उम्मेदवारी घोषणा गर्न इलाम पुगेका गृहमन्त्रीले लिए सुरक्षा जानकारी

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलाम-२ मा बैशाख १५ गते हुने उप-निर्वाचन तयारीबारे जानकारी लिएका छन्।

इलाममा रहेका मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्था गर्न निर्देशन दिएका थिए।

उनले उपनिर्वाचनको तयारी र सुरक्षासहितका प्रबन्धमा स्रोतसाधनको अभाव नहुने भएकाले तयारीदेखि परिणाम घोषणासम्म मिहिन र जनविश्वसनीय योजना बनाउन निर्देशन दिए।

गृहमन्त्री लामिछानेले निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन गृह मन्त्रालयले तत्काल गर्नु पर्ने काम भए जानकारी गराउन अनुरोध गरेका थिए।

गृह मन्त्रालय स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उपनिर्वाचन तयारीसहित जिल्लाको वस्तुस्थिति, सेवा प्रवाहको अवस्था, सुरक्षा चुनौतीलगायत विषयमा गृहमन्त्री समक्ष जानकारी गराएका थिए।

प्रजिअ यादवका अनुसार उपनिर्वाचनमा ३ हजार सुरक्षाकर्मी परिचालन गरिनेछ।

प्रकाशित: १७ चैत २०८० १२:१४ | Saturday, March 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast