उपनिर्वाचन : इलाम २ मा रास्वपाको उम्मेदवार मिलन लिम्बू

हिमाल प्रेस १५ चैत २०८० १८:३९ | Thursday, March 28, 2024
उपनिर्वाचन : इलाम २ मा रास्वपाको उम्मेदवार मिलन लिम्बू

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ। बुधबार मात्रै प्राइमरी इलेक्सनका लागि भन्दै सार्वजनिक गरिएका ६ वटा नाममध्ये भर्खरै नेकपा माओवादी केन्द्र छाडेका लिम्बूलाई रास्वपाले उम्मेदवार बनाउने निर्णय गरेको हो।

उनी आदिवासी जनजाति पत्रकार संघका महासचिवसमेत हुन्। रास्वपाले बुधबार प्राइमरी इलेक्सनका लागि सार्वजनिक गरेको सूचीमा मिलन पाँचौं नम्बरमा थिए।उक्त इलेक्सनबाट छानिनेमध्ये एकजनालाई रास्वपाले इलाम २ को टिकट दिने जनाएको थियो।

प्रकाशित: १५ चैत २०८० १८:३९ | Thursday, March 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast