इलाम २ को उपचुनावका लागि २० दल दर्ता

हिमाल प्रेस ५ चैत २०८० १७:०५ | Monday, March 18, 2024
इलाम २ को उपचुनावका लागि २० दल दर्ता निर्वाचन आयोग

काठमाडौँ- आगामी १५ वैशाखमा हुने उपनिर्वाचनका लागि दल दर्तासम्बन्धी निर्णय भएको छ। निर्वाचन आयोगको आइतबार बसेको बैठकले दल दर्ताबारे निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

उनका अनुसार इलाम २ प्रतिनिधिसभा उपचुनावका लागि २० वटा दल दर्ता भएका छन्। उता बझाङ १(१) मा हुने प्रदेशसभा उपचुनावका लागि भने १९ वटा दल दर्ता भएका छन्।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गराए पनि प्रदेशसभाको चुनावका लागि भने दल दर्ता गराएको छैन। आयोगले दल दर्ता गर्नुका साथै चुनाव चिह्नको क्रम पनि मिलाएको छ। कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलहरू पनि दर्ता भएका छन्।

प्रतिनिधिसभाका लागि दर्ता दल :

१ मंगोल नेशनल अर्गनाइजेशन
२ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
३ नेपाल मजदुर किसान पार्टी
४ राष्ट्रिय जनमुक्ति पार्टी
५ जनमत पार्टी
६ नेपाली कांग्रेस
७ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
८ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च
९ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
१० नेपाली जनता दल
११ राष्ट्रिय स्वतन्त्र पार्टी
१२ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१३ राष्ट्रिय प्रजातन्त्र पार्टी
१४ जनता समाजवादी पार्टी, नेपाल
१५ बहुजन शक्ति पार्टी
१६ आम जनता पार्टी
१७ नेशनल रिपब्लिक नेपाल
१८ नेपाल समाजवादी पार्टी
१९ राष्ट्रिय मातृभूमि पार्टी
२० राष्ट्रिय मुक्ति आन्दोलन नेपाल

प्रदेशसभाका लागि दर्ता भएका दल :

१ मंगोल नेशनल अर्गनाइजेशन
२ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
३ नेपाल मजदुर किसान पार्टी
४ राष्ट्रिय जनमुक्ति पार्टी
५ जनमत पार्टी
६ नेपाली कांग्रेस
७ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
८ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च
९ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
१० नेपाली जनता दल
११ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
१२ राष्ट्रिय प्रजातन्त्र पार्टी
१३ जनता समाजवादी पार्टी, नेपाल
१४ बहुजन शक्ति पार्टी
१५ आम जनता पार्टी
१६ नेशनल रिपब्लिक नेपाल
१७ नेपाल समाजवादी पार्टी
१८ राष्ट्रिय मातृभूमि पार्टी
१९ राष्ट्रिय मुक्ति आन्दोलन नेपाल

प्रकाशित: ५ चैत २०८० १७:०५ | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast