आयरल्यान्ड ‘ए’ सँग खेल्ने नेपाल ‘ए’का दुई टोली घोषणा

हिमाल प्रेस ११ चैत २०८० १२:५२ | Sunday, March 24, 2024
आयरल्यान्ड ‘ए’ सँग खेल्ने नेपाल ‘ए’का दुई टोली घोषणा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले आयरल्यान्ड ‘ए’ सँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने टी-२० र एक दिवसीय शृंखलाका लागि क्यानले आइतबार विनोद भण्डारीको कप्तानीमा दुई फरक टोलीको घोषणा गरेको हो।

शृंखलाअन्तर्गत सिनियर टोलीले आयरल्यान्ड ‘ए’ सँग चैत १२ र १३ गते टी-२० खेल खेल्ने छ। त्यसपछि यो टोली भारतमा गएर खेल्ने छ।

भारतमा सिनियर टोलीले बरोडा र गुजरातसँग चार टी-२० खेल खेल्ने छ। सिनियर टोलीले भारतमा खेलिरहँदा नेपाल ‘ए’ ले आयरल्यान्डसँग १५, १६ र १८ गते तीन खेलको एक दिवसीय खेल खेल्ने छ।

त्यसपछि टी-२० शृंखला हुने छ। पहिलो खेल चैत २१ मा हुने छ। दोस्रो खेल चैत २३ र अन्तिम खेल २५ गते हुने छ।

टी-२० टोलीमा विनोदसँगै लोकेश बम, देव खनाल, पवन सर्राफ, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, नारायण जोशी, बसिर अहमद, राशिद खान रहेका छन्।

यस्तै, सागर ढकाल, विपिन खत्री, कमलसिंह ऐरी, हेमन्त धमी र विकाश आग्री पनि टी-२० टोलीमा हुने छन्।

एक दिवसीय टोलीमा विनोद, देव, आरिफ, बसिर, कमल र विकाश दोहोरिने छन्। उनीहरूबाहेक अर्जुन कुमाल, नरेन भट्ट, भीम सार्की, साहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल र मौसम ढकाल श्याम रहनेछन्।

 

प्रकाशित: ११ चैत २०८० १२:५२ | Sunday, March 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast