तस्बिर क्यान
काठमाडौँ- आयरल्यान्ड ‘ए’ को नेपाल भ्रमण खेल तालिका सार्वजनिक गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार आयरल्यान्ड ‘ए’ टोलीको नेपाल भ्रमणका लागि खेल तालिका सार्वजनिक गरिएको हो।
आयरल्यान्ड ‘ए’ ले राष्ट्रिय टोली र नेपाल ‘ए’ टोलीसँग खेल्ने भएको छ। आयरल्यान्ड ‘ए’ले मार्च २४ र मार्च २५ मा क्रमश पहिलो र दोस्रो टी-२० खेल नेपालको राष्ट्रिय टोलीसँग खेल्नेछ।
३ दिनको विश्रामपश्चात नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको टी-२० शृंखला सुरु हुनेछ।
३ खेलको शृंखलाको पहिलो २ खेल मार्च २८ र २९ मा हुनेछ। तेस्रो खेल भने मार्च ३१ मा हुनेछ।
यस्तै, नेपाल ए र आयरल्यान्ड एबीच ३ एकदिवसीय खेल पनि हुनेछन्।
पहिलो खेल अप्रिल ३ मा, दोस्रो अप्रिल ५ मा र तेस्रो अप्रिल ७ मा हुनेछ। क्यानले खेल सन्चालन हुने स्थान र समय भने खुलाएको छैन।




