आन्तरिक परीक्षा उत्तीर्ण नहुने कार्यरत शिक्षकलाई पनि गोल्डेन ह्याण्डसेकको व्यवस्था हुनुपर्छ : महासंघ

हिमाल प्रेस ९ चैत २०८० ७:१९ | Friday, March 22, 2024
आन्तरिक परीक्षा उत्तीर्ण नहुने कार्यरत शिक्षकलाई पनि गोल्डेन ह्याण्डसेकको व्यवस्था हुनुपर्छ : महासंघ

काठमाडौँ- नेपाल शिक्षक महासंघले अब हुने आन्तरिक परीक्षामा भाग नलिने र भाग लिएर पनि उत्तीर्ण हुन नसक्ने कार्यरत शिक्षकका लागि गोल्डेन ह्याण्डसेकको व्यवस्था हुनुपर्ने बताएको छ।

प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि छलफल भइरहेका बेला महासंघले सरकारलाई सो सुझाव पेस गरेको हाे। त्यस्तै महासंघले शिक्षकलाई अध्ययन, अनुसन्धान र लेखन कार्य गर्न आर्थिक सहयोगको प्रबन्ध बजेटमा गरिनुपर्ने पनि बताएको छ।

महासंघले प्रधानाध्यापकका लागि आफ्नो आधारभूत तलबको १५% भत्ता पाउने व्यवस्था गर्न पनि सुझाव दिएको छ भने शिक्षक अस्पताल निर्माणका लागि पनि पर्याप्त बजेट छुट्याउन सुझाव दिएको छ।

महासंघले विद्यालय कर्मचारीको तहगत दरबन्दी तोकेर सोहीअनुसार तलबभत्ता उपलब्ध गराउन सुझाव दिएको छ। महासंघको सुझाव छ,‘विद्यालय कर्मचारीहरू अत्यन्त न्यून तलबमा काम गर्न बाध्य पारिएका छन्। त्यसैले यही बजेटबाट विद्यालय कर्मचारीको तहगत दरबन्दी तोकी दरबन्दीअनुसार तलबभत्ता उपलब्ध गराइनुपर्छ।’

प्रकाशित: ९ चैत २०८० ७:१९ | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast