 
                             
                                            काठमाडौँ- नइ प्रकाशनले आआफ्नो ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने ४ वर्षदेखि १५ वर्षसम्मका आठ जना बालबालिकालाई २०७९ सालको ‘नइ देरुनीखपू बाल पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।
‘नइ देरुनीखपू बाल पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ आयुषा लम्साल, साहित्यतर्फ कुञ्जल शुभेच्छु लुइँटेल, चित्रकलातर्फ रेजिना बोहोरा, संगीततर्फ ईशा प्रजापति, नृत्यतर्फ कृष्मा ढुंगाना, खेलकुदतर्फ आहाना कार्की छन्। ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही १० हजार रूपैयाँ रहेका छन् ।
यसै गरी नृत्यमा नइ कोपिला पुरस्कार ऋषिका घिमिरे र नइ चिचिला पुरस्कार श्रेस्मी दाहाललाई समर्पण गर्ने निर्णय भएको छ। ताम्रपत्रसहित यी पुरस्कारका राशि सात हजार र पाँच हजार रूपैयाँ रहेका छन् ।
नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो। आगामी चैत ३० गते काठमाडौँमा २०७९ सालका सम्पूर्ण नइ पुरस्कारहरु समर्पण गरिने कार्यक्रम रहेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 