आज वर्षाको सम्भावना

हिमाल प्रेस ९ चैत २०८० ६:११ | Friday, March 22, 2024
आज वर्षाको सम्भावना

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा भएको जनाएको छ।

महाशाखाले आज देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ।

आज विहान काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा हल्का वर्षा भएकाे छ। आज दिउँसो र बेलुका पनि देशका केही भू-भागमा वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। साथै देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

प्रकाशित: ९ चैत २०८० ६:११ | Friday, March 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast