आज उच्च पहाडी भू–भागका केही स्थानमा हिमपातको सम्भावना

हिमाल प्रेस २५ फागुन २०८० ७:०३ | Friday, March 8, 2024
आज उच्च पहाडी भू–भागका केही स्थानमा हिमपातको सम्भावना

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

महाशाखाकाअनुसार देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया: सफा छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

आज राति कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रकाशित: २५ फागुन २०८० ७:०३ | Friday, March 8, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast