अर्घाखाँचीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

हिमाल प्रेस ४ चैत २०८० २१:५५ | Sunday, March 17, 2024
अर्घाखाँचीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु प्रतीकात्मक तस्बिर।

अर्घाखाँची- सीतापुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएको छ। माटोमा पुरिएर एकजना गम्भीर घाइते भएका छन्।

शीतग‌ंगा नगरपालिका-२, सीतापुरको  सिमलचौरमा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर स्थानीय अन्दाजी ४० वर्षीाय शारदा अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाका प्रमुख प्रहरी निरीक्षक ऋषिराम घर्तिमगरले बताए।

गम्भीर घाइते भएकी राधा अधिकारीलाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ चैत २०८० २१:५५ | Sunday, March 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast