अझै फेला परेनन् कर्णालीमा हाम फालेका युवा

हिमाल प्रेस १३ चैत २०८० ९:४८ | Tuesday, March 26, 2024
अझै फेला परेनन् कर्णालीमा हाम फालेका युवा

कैलाली- कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेका एक युवा अझै वेपत्ता छन्।

कर्णाली पुलमा पुगेका ती युवकसहित १७ जना सोमबार साँझ पालैपालै नदीमा हामफालेका थिए।

तीमध्ये १६ युवक नदीबाट निस्किए पनि लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाही नदीमै हराएका थिए।

उनको अवस्था अझै पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।

शाहीको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले बताए।

प्रकाशित: १३ चैत २०८० ९:४८ | Tuesday, March 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast