घट्यो डलरको भाउ

हिमाल प्रेस १७ फागुन २०८० ५:५६
18
SHARES
घट्यो डलरको भाउ

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य थोरै बढ्दा धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९४ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ २० र बिक्रीदर १४३ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ६४ र बिक्रीदर १४४ रुपैयाँ २९ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६५ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०१ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ १८ पैसा र बिक्रीदर ४३२ रुपैयाँ १३ निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ०५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। हिजो हराइन दिनारको खरिददर ३५१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६४ पैसा थियो।

प्रकाशित: १७ फागुन २०८० ५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 11 =