कर्मचारी बोनस बढाएर खर्च देखाउँदै बिमा कम्पनी

हिमाल प्रेस १६ फागुन २०८० १९:०५
24
SHARES
कर्मचारी बोनस बढाएर खर्च देखाउँदै बिमा कम्पनी

काठमाडौँ- चालु आर्थिक वर्षको ६ महिनामा जीवन तथा निर्जीवन बिमा कम्पनीहरूले कर्मचारीको बोनस सुविधाका लागि ५ अर्ब बढी खर्चिएको बिमा प्राधिकरणको तथ्यांकमा उल्लेख छ। प्राधिकरणका अनुसार कर्मचारीहरूले पाउने बोनस सुविधा २७.६५ प्रतिशतले वृद्धि गरेका छन्।

प्राधिकरणले कम्पनीहरूले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणमा यस्तो देखिएको हो। उक्त विवरणमा कर्मचारी बोनस सुविधाका लागि ५ अर्ब २२ करोड १६ लाख ३३ हजार बिमा कम्पनीहरूले खर्चिएका छन्। गत वर्ष कम्पनीहरूले ६ महिनामा ४ अर्ब ९ करोड ४ लाख ३८ हजार रुपैयाँ खर्चिएका थिए। जुन गत आवको दोस्रो त्रैमासको तुलनामा २७.५४ प्रतिशत बढी भएको प्राधिकरणले जनाएको छ।

बिमा कम्पनीहरूले खुद मुनाफाको १० प्रतिशत कर्मचारी सुविधामा खर्च गर्न पाउँछन्। तर चालु आर्थिक वर्षको ६ महिनामा अन्य क्षेत्रको सुविधा कटाएर कर्मचारीको बोनस बढाएको प्राधिकरणले जनाएको छ। हाल जीवन र निर्जीवनतर्फ १४/१४ वटा बिमा कम्पनी सञ्चालनमा छन्।

सबै बिमा कम्पनीले कर्मचारी बोनस सुविधा बढाएको प्राधिकरणले जनाएको छ। यी सबै कम्पनीले कर्मचारी बोनस बढाएर खर्च देखाएको प्राधिकरणका एक कर्मचारीले जानकारी दिए। बिमा कम्पनीहरूको अहिलेको बोनसदर हेर्ने हो भने तल्लो तहका कर्मचारीको तलब सुविधा ४० हजारमाथि हुनुपर्छ। गत वर्ष २० तलब भएका कर्मचारीको तलब एक बर्षमा दोब्बर नबढने उनको भनाइ छ।

बोनस ऐन अनुसार नै कर्मचारीलाई वितरण गर्नुपर्ने बोनसको प्रतिशत खुद मुनाफाको १० प्रतिशत हुनुपर्ने उल्लेख छ। सोहीबमोजिम बिमा कम्पनीहरूले कर्मचारी बोनस व्यवस्था बापत सो रकम छुट्ट्याएका दाबी गरिरहेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए। प्राधिकरणले वार्षिक रुपमा समीक्षा हेर्दा गलत भेटाए कारबाही र जरिबाना भराउने उनले बताए। ‘गत वर्षको तुलनामा चालु आर्थिक वर्षको तुलनामा दोस्रो त्रैमासिकमा देखिएको हो। यो विषयमा प्राधिकरण गम्भीर छ,’ उनले भने।

यता बिमा कम्पनीहरूले बोनस ऐनअनुसार नै कर्मचारी बोनसमा खर्च भएको नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्रीले जानकारी दिए। बोनस ऐन छ। बिमा क्षेत्र निमयन गर्ने बिमा प्राधिकरण छ। प्राधिकरणले दिएको अधिकारमा बसेर कर्मचारी बोनसमा खर्चिएको उनको भनाइ छ।

विवरणअनुसार सबैभन्दा धेरै बोनस जीवन बिमा कम्पनीहरूले नै बाँड्नेका छन्। समीक्षा अवधिमा जीवन बिमा कम्पनीहरूले आफ्ना कर्मचारी बोनसका लागि २ अर्ब ८९ करोड ७ लाख ६३ हजार रुपैयाँ खर्चिएको पाइएको छ।

निर्जीवन बिमा कम्पनीहरूले पनि २ अर्ब ३३ करोड ८ लाख ६९ हजार रुपैयाँ कर्मचारी बोनस सुविधामा खर्चिएका छन्। तर बोनस रकम वृद्धिदरमा भने निर्जीवन बिमा कम्पनीहरूले आगाडि रहेको देखिन्छ। निर्जीवन बिमा कर्मचारीहरूले पाउने बोनस ५२.१२ प्रतिशत र जीवन बिमाको १३ प्रतिशतले वृद्धि भएको हो।

प्रकाशित: १६ फागुन २०८० १९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + three =