काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ३४ अंकले उकालो लागेर दुई हजार एक दशमलव ६४ मा पुगेको छ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ११ अंकले उकालो लागेर तीन सय ५७ दशमलव शून्य नौ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको सेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको सेयर मूल्य भने उकालो लागेको छ।
कूल ५२ लाख ३९ हजार चार सय १६ कित्ता सेयर एक अर्ब ८६ करोड ९८ लाख १३ हजार पाँच सय २६ मूल्यमा खरिद बिक्री भएका छन्। कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ। सो कम्पनीको १४ करोड १९ लाख ६२ हजार छ सय ९० बराबरको कारोबार भयो।
शिवम् मिसेन्ट आठ करोड २९ लाख ८२ हजार छ सय ६८, हिमालयन रिइन्स्योरेन्स छ करोड ४० लाख २६ हजार नौ सय ३९,घोराही सिमेन्ट पाँच करोड चार लाख ९० हजार दुई सय ६९ र हिमालयन डिस्टिलरी तीन करोड ५८ लाख ६८ हजार नौ सय ६४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र बिपीडब्ल्यू लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सामलिङ पावर कम्पनी नौ दशमलव २६, बोटलर्स नेपाल तराई आठ दशमलव ७२,र गुराँस लघुवित्तका सेयरधनीले आठ प्रतिशतले कमाएका छन्।
चिर्खवा हाइड्रोपावर पाँच दशमलव शून्य छ,कालिञ्चोक दर्शन चार दशमलव ३०, ज्योति विकास बैंकको ऋणपत्र तीन दशमलव ६२, मैलुङ हाइड्रोपावर तीन दशमलव ५३ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलव १४ प्रतिशतले गुमाएका छन्।