रहेनन् भजन शिरोमणि भक्तराज आचार्य

हिमाल प्रेस १४ फागुन २०८० १८:२१
36
SHARES
रहेनन् भजन शिरोमणि भक्तराज आचार्य

काठमाडौँ- वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको आज (सोमबार) ८२ वर्षको उमेरमा निधन भएको छ । अपराह्न ललितपुरस्थित मेडिसिटी अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

भजन शिरोमणिको उपाधिसमेत पाएका आचार्यको अपराह्न साढे ४ बजेतिर अक्सिजन लेभल कम भएपछि उनलाई मेडिसिटी अस्पताल लैजाँदै गर्दा निधन भएको हो। उनको पार्थिव शरीर भोलि (मंगलबार) बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जलीका राखिने तयारी गरिएको छ। साथै उनको बिदाइ राष्ट्रिय सम्मानका साथ गर्ने बताइएको छ।

प्रकाशित: १४ फागुन २०८० १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast