काठमाडौँ- नेपाल इन्भेस्टमेन्टमेगा बैंक लिमिटेडले थली र कमलविनायकमा शाखा विस्तार गरेको छ। बैंकले कागेश्वरी मनोहरा नगरपालिका–५ मा थली शाखा र भक्तपुर नगरपालिक–१० मा कमलविनायक शाखा सञ्चालनमा ल्याएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाहृको उद्घाटन गरेका हुन्।
पाण्डेले नयाँ शाखाबाट ग्राहक महानुभावलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने बताए। बैंकले हाल देशभरिमा २७० शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखारहित बैंकिङ र २६४ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ।
प्रकाशित: १३ फागुन २०८० १३:५१
प्रतिक्रिया