![सात महिनामा ८६ अर्ब ८८ करोड ८ लाख जीवन बिमा शुल्क आर्जन [कुन कम्पनीको कति?]](https://himalpress.com/wp-content/uploads/2023/04/bima.jpg)
काठमाडौँ- चालु आर्थिक वर्षको ७ महिनामा जीवन बिमा कम्पनीहरूले ८६ अर्ब ८८ करोड ८ लाखको व्यापार (कुल बिमा शुल्क आर्जन) गरेका छन्। नेपालमा सञ्चालित १४ जीवन बिमा कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को माघसम्म अर्थात् ७ महिनामा उक्त शुल्क आर्जन गरेका हुन्।
नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार नेपाल लाइफको बजार हिस्सा २६.७१ प्रतिशत पुगेको छ। गत वर्षको तुलनामा बिमा कम्पनीले २३ अर्ब २० करोड कुल बिमा शुल्क बढी आर्जन गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणको तथ्यांकअनुसार जीवन बिमा कम्पनीहरूको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्म दीर्घकालीन लगानी पाँच खर्बभन्दा बढी पुगेको छ।
यस अवधिमा बिमा कम्पनीहरूले बैंकको मुद्दती निक्षेप, ऋणपत्र पत्र, घरजग्गा, सूचीकृत कम्पनीको सेयर, कृषि, पर्यटन, जलस्रोतलगायतका पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरेका छन्। १४ जीवन बिमा कम्पनीले माघ मसान्तमा १ करोड ३७ लाख ७३ हजार ३१५ वटा बिमा शुल्क जारी गरेको प्रधिकरणले सार्वजनिक गरेको तथ्यांकमा छ।
२३ अर्ब २० करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी माघ मसान्तसम्ममा सबैभन्दा धेरै बिमा शुल्क आर्जन गर्ने पहिलो संस्था भएको छ। यसैगरी एलआइसी नेपालले १० अर्ब १४ करोड रुपैयाँ र नेसनल लाइफ १० अर्ब ५ करोड रुपैयाँ कुल बिमा शुल्क आर्जन गरि क्रमश: दोस्रॊ र तेस्रॊ स्थानमा छन्।
कसले कति आर्जन गरे?