
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आज अमेरिकी डलर, बेलायती पाउन्ड, कुबेती दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य हिजोकै यथावत छ।
आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ४० र बिक्रीदर १४४ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ।
त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा निर्धारण भएको छ।
आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २० पैसा र बिक्रीदर ४३२ रुपैयाँ १५ पैसा निर्धारण भएको छ।
आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ।