ईयूको सहयोगमा भरतपुरमा ग्रीनशिफ्ट परियोजनाको शुभारम्भ

हिमाल प्रेस १० फागुन २०८० ९:५५
4
SHARES
ईयूको सहयोगमा भरतपुरमा ग्रीनशिफ्ट परियोजनाको शुभारम्भ

काठमाडौँ- युरोपियन युनियन (ईयू)को सहयोगमा क्रीएसन नेपालले ग्रीन सिफ्ट परियोजनाको  शुभारम्भ गरेको छ।

बुधबार भरतपुरमा आयोजित एक कार्यक्रमको बीच सो परियोजनाको समुद्घाटन गरिएको हो। बागमती प्रदेशका वन तथा वातावरणमन्त्री मसिना खड्का र विशिस्ट अतिथि ईयूका सहकारिता उप प्रमुख इलोइसा अस्टुडिलोले सामूहिकरूपमा परियोजनाको उद्घाटन गरिन्।

ग्रीनसिफ्ट परियोजना बागमती, मधेश र लुम्बिनी प्रदेशका प्रत्येकका ३-३ स्थानीय तह गरी जम्मा ९ स्थानीय तहमा चार वर्ष सम्म सन्चालन हुनेछ। यस परियोजनाको प्रमुख उद्देश्य सर्कुलर अर्थतन्त्रमा न्यायोचित संक्रमणलाई प्रवर्द्धन गर्नु रहेको छ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका वन तथा वातावरणमन्त्री मसिना खड्काले नेपालमा फोहोरमैला व्यवस्थापन र फोहोरमैला मजदूरको समस्या समाधानका लागि क्रीएसन नेपालले गरेको सामूहिक प्रयासको प्रशंसा गर्दै खुशी व्यक्त गरिन्।

उनले आगामी वर्षहरूमा परियोजनाले ल्याउने सकारात्मक परिवर्तनहरू हेर्न उत्सुक रहेको  बागमती प्रदेश सरकार पूर्ण रूपमा सहयोग गर्ने बताइन्।

त्यस्तै, कार्यक्रमका विशिस्ट अतिथि नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डलको सहकारिता उप प्रमुख इलोइसा अस्टुडिलोले प्लाष्टिक फोहोरको परिक्रमा प्रवर्द्धन गर्न युवाको जीवनशक्तिलाई सदुपयोग गर्नु पर्ने विषयमा जोड दिइन्।

उनले भनिन्,‘यो परियोजना युरोपेली संघको प्राथमिकताको विषय हो। तीन प्रदेशको ९ स्थानीय तहमा आगामी चार वर्षको अवधिमा संचालित परियोजनाबाट रुपान्तरणका प्रयासहरू देख्न आफु आतुर रहेको आशा व्यक्त गरिन्।

त्यसैगरी, पूर्वसंघीय वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले आयोजनाको सुरुवात गज्जब लागेको बताउँदै आफू यसले ल्याउने सकारात्मक परिणाम हेर्न आतुर रहेको बताए।

क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले सबैको सामूहिक र करुणामा आधारित प्रयासको महत्त्वलाई जोड दिँदै नेट-जिरो कार्वन नेपालका लागि प्लास्टिक फोहोरको सर्कुलरिटी प्रवर्द्धन गर्न संस्थाको समर्पणलाई पुष्टि गर्दै इयु र अन्य साझेदारहरूप्रति कृतज्ञता व्यक्त गरेका थिए।

उनले यस परियोजनाबाट सकारात्मक परिणाम ल्याउन आफ्नो टिमले कुनै कसर बाँकी नराख्ने प्रतिबधता व्यक्त गरे। कार्यक्रममा क्रिएशनबाट ग्रीनसिफ्ट नेपालका प्रोजेक्ट लिड युनिश घिमिरेले परियोजनाको क्षेत्रहरू, परियोजनाको उद्देश्य लक्षित समूह र लाभार्थीहरू र परियोजनाको समयरेखा, विस्तृत घटक र गतिविधिहरूबारे जानकारी गराएका थिए।

उनले समग्र परियोजना र यसले चार वर्षमा हासिल गर्ने लक्ष्य के हो भन्ने कुराको सार प्रस्तुत गरे। यसैगरी इम्प्याक्ट हबका कार्यकारी निर्देशक पद्माक्षी राणाले परियोजनामा आफ्नो भूमिका प्रस्तुत गरेकी थिइन्।

त्यस्तै, आड्रा नेपालका आयोजना प्रबन्धक कविररत्न स्थापितले पनि आयोजनामा आफ्नो भूमिका बारे विचार व्यक्त गरे। कार्यक्रममा सामाजिक उद्यमी अनिल चित्रकारले विशेष मन्तव्य राख्दै दिगो भविष्यका लागि युवाको महत्वमा जोड दिए।

कार्यक्रममा परियोजना सन्चालन हुने नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सबैका लागि दिगो भविष्यको प्रवर्द्धनका लागि युवाहरुको महत्व र यस्ता योजनाहरु थप गर्नुपर्नेमा जोड दिए। क्रिएसन नेपालकी महासचिव सुजाता कोइरालासहित अध्यक्षतामा हाम्रो वेस्ट स्मार्ट स्कूलका विद्यार्थी प्रतिनिधिले प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई स्वागत गरेका थिए।

इयुको सहयोगमा सन्चालित यस परियोजनाका प्रमुख नेतृत्वकर्ता तथा कार्यान्वयनकर्ताको रुपमा क्रीएसन नेपाल रहेको छ भने यसका अन्य कन्सोर्टियम साझेदारहरूका रूपमा रेस्टलेस डेभलपमेन्ट, र युथ इनोभेसन ल्याब रहेका छन्।

प्रकाशित: १० फागुन २०८० ९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =