ललितपुर- नेपाली कांग्रेसले आव २०७९/८० मा ३ करोड ६४ लाख ७६ हजार २ सय ९७ रुपैयाँ आम्दानी गरेको छ। सदस्यता, लेबी र नवीकरण शुल्कबापत ५७ लाख ६० हजार ८ सय रुपैयाँ, चन्दा तथा सहयोगबापत २ करोड ६५ लाख ६४ हजार ५ सय ७७ रुपैयाँ, प्रकाशन बिक्रीबाट ९४ हजार ६ सय पचास रुपैयाँ, लिलाम बिक्रीबापत २ लाख २५ हजार रुपैयाँ र ब्याज आम्दानीबापत ३८ लाख ३१ हजार २ सय ७० रुपैयाँ आम्दानी गरेको हो।
महासमिति बैठकमा केन्द्रीय लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले पेस गरेको प्रतिवेदनमा जम्मा आम्दानी ३ करोड ६४ लाख ७६ हजार २ सय ९७ रुपैयाँ रहेको उल्लेख छ।
पार्टीले आव २०७८/७९ मा भने १४ करोड ८९ लाख ९४ हजार ८७ रुपैयाँ आम्दानी गरेको थियो। उक्त आवमा सदस्यता, लेबी र नवीकरण शुल्कबापत ७ करोड ४३ लाख ३ हजार ५ सय १ रुपैयाँ, चन्दा तथा सहयोगबापत ६ करोड ६८ लाख २४ हजार रुपैयाँ, प्रकाशन बिक्रीबाट ११ लाख ४९ हजार ४ सय रुपैयाँ र ब्याज आम्दानीबापत ६७ लाख १७ हजार १ सय ८५ रुपैयाँ आम्दानी भएको प्रतिवेदनमा उल्लेख छ।
अघिल्लो आर्थिक वर्षमा १४ करोड २ लाख ३४ हजार ३४ रुपैयाँ कमाएको कांग्रेसले यस वर्ष ४ करोड ३५ लाख १८ हजार ८२४ रुपैयाँ कम आम्दानी गरेको हो। कांग्रेसले आफ्नो रकम निर्वाचन, अधिवेशन, कार्यालय सञ्चालन, भ्रातृ संगठन, ह्रास तथा अपलेखनमा खर्च हुने गरेको जनाएको छ।