वीरगञ्जमा किन लाग्यो अनिश्चितकालीन कर्फ्यु?

हिमाल प्रेस ७ फागुन २०८० १८:३९
74
SHARES
वीरगञ्जमा किन लाग्यो अनिश्चितकालीन कर्फ्यु?

काठमाडौँ- वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालका लागि कर्फ्यु जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले आज (सोमबार) अपराह्न ५ बजेदेखि लागू हुने गरेर कर्फ्यु जारी गरिएको हो।

आदेशअनुसार पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी भएको हो।

कर्फ्यु लागू भएका क्षेत्रमा आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ, र्‍याली गर्न तथा अन्य कुनै पनि प्रकारका उच्छृंखल गतिविधि गर्न नपाइने प्रशासनले जनाएको छ ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा भएको विवादलाई लिएर वीरगञ्जमा सोमबार प्रदर्शन भएको थियो। प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति देखिएकाले कर्फ्यु आदेश जारी गरिएको प्रशासनको भनाइ छ।

प्रकाशित: ७ फागुन २०८० १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 8 =