उपकुलपतिका १४ उम्मेदवारको आज अन्तर्वार्ता

हिमाल प्रेस ६ फागुन २०८० ७:०७
44
SHARES
उपकुलपतिका १४ उम्मेदवारको आज अन्तर्वार्ता घडी भवन, त्रिवि कीर्तिपुर।

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिको सर्टलिष्टमा परेका उम्मेदवार अन्तर्वार्ता आज हुँदैछ। उपकुलपति छनोट समितिको बिहीबार बसेको बैठकले अन्तर्वार्ताको मिति तय गरेको थियो। ​

सोही अनुसार आज दुई सिफ्टमा अन्तरवार्ता लिन लागिएको हो। सर्ट लिस्टमा परेका सात जनाको बिहान साढे ८ बजेदेखि अन्तर्वार्ता हुनेछ। जस अनुसार कुशुम शाक्य, केदारजंग बराल, गोबिन्द सुवेदी, विश्वबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला र तीर्थराज खनियाँको पहिलो चरणमा अन्तरवार्ता हुनेछ।

दिउँसो १ बजेदेखि नारायणप्रसाद बेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सुर्यबहादुर थापाको अन्तरवार्ता हुनेछ।

विज्ञ र छनोट समितिको सदस्यसँगै बसेर अन्तर्वार्ता लिन लागेको हो। अन्तरवार्ताको समय २० मिनेट हुने समिति सदस्य एवं शिक्षा सचिव सुरेश अधिकारी जानकारी दिए।

प्रकाशित: ६ फागुन २०८० ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast