कोशी प्रदेशको नाम कोकिली राख्न नाउपाको माग

हिमाल प्रेस ६ फागुन २०८० ५:४३
10
SHARES
कोशी प्रदेशको नाम कोकिली राख्न नाउपाको माग

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीे(नाउपा)ले कोशी नाम अमान्य भन्दै पहिचानका आधारमा कोकिली प्रदेश बनाउन माग गरेको छ ।

इलामको चुलाचुली गाउँपालिका–४, आइतबारेमा बसेको सचिवालय बैठकबाट कोसी प्रदेशविरुद्धका आन्दोलनप्रति ऐक्यबद्धता जनाउने निर्णय समेत गरिएको छ ।

कोशी खारेजसँगै पहिचान झल्काउने गरी कोचिला, किरात, लिम्बुवान प्रदेश(कोकिली) नामकरण गरिनुपर्ने पार्टीले माग गरेको छ । यो नामबारे पहिचानवादी संघसंस्था र सबै राजनीतिक दलहरूसँग निरन्तर छलफल गर्ने निर्णय गरिएको पार्टीका महासचिव ठाकुरसिंह थारुले जानकारी दिए ।

यस्तै, ०८१ मा हुने संघ, प्रदेश र स्थानीय तहको उपनिर्वाचनबारे छलफल गरी पार्टीका तर्फबाट उमेदवारी दिनेलगायत निर्णय गरिएको थारुले बताए ।

प्रकाशित: ६ फागुन २०८० ५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast