कोशीका केही स्थानमा वर्षाको सम्भावना छ : मौसम विभाग

हिमाल प्रेस २ फागुन २०८० ६:५४
6
SHARES
कोशीका केही स्थानमा वर्षाको सम्भावना छ : मौसम विभाग

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया मौसम बदलीको अवस्था छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदलीको अवस्था रहने र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीको अवस्था रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। आज देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

आज राति पनि कोशी, मधेश र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीको अवस्था रहने र बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: २ फागुन २०८० ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast