वन्तको अध्यक्षतामा गोरखा पत्रकार समाजको नयाँ नेतृत्व चयन

हिमाल प्रेस २७ माघ २०८० १७:१९
74
SHARES
वन्तको अध्यक्षतामा गोरखा पत्रकार समाजको नयाँ नेतृत्व चयन

काठमाडौँ- गोरखा घरभइ काठमाडौँमा बसेर पत्रकारिता गरिरहेका पत्रकारहरूको संस्था गोरखा पत्रकार समाजको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। आज भएको अधिवशनले पत्रकार प्रदीपराज वन्तको नेतृत्वमा ११ सदस्सीय कार्यसमिति चयन गरेको हो।

समाजको उपाध्यक्ष देवराज गुरुङ, महिला उपाध्यक्षमा मञ्जिमा ढकाल, सचिवमा शोबिता रिसाल, सहसचिवमा सन्तोष अधिकारी तथा कोषाध्यक्षमा अर्जुन पन्त निर्वाचित भएका छन्। यस्तै सुदीप कैनी, लीलाधर कोइराला, राधा रोकाहा, उत्सव वि.क. तथा मोहसिन अलि मिया कार्यसमिति सदस्य चयन भएका छन्।

आजको अधिवेशनले सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको निर्वाचन समितिका संयोजक रामजी दाहालले जानकारी दिए।नवनिर्वाचित कार्यसमितिको आजै बसेको बैठकले वरिष्ठ पत्रकारहरू रामजी दाहाल, खीलाबहादुर भण्डारी तथा सुशील अर्याललाइ पत्रकार समाजको सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि गरेको छ।

यस्तै आजको बैठकले गोरखाका पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि गम्भीर रूपमा लाग्ने तथा गोरखाका सुन्दर पर्यटकीय क्षेत्रहरूको उजागर गर्नको लागि मद्दत गर्ने निर्णय पनि गरेको छ। यसअघि कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वरिष्ठ पत्रकार दाहालले एकताबद्ध भएर काम गर्न सके संस्थाले गोरखाका पत्रकारहरूका लागि धेरै योगदान पुर्‍याउन सक्ने धारणा राखे।

यस्तै उनले अबको समय पत्रकारिताको मात्रै नभएर खोज पत्रकारिताको भएको भन्दै अध्ययनशील बन्न पत्रकारहरूलाई सुझाव दिए। अर्का वरिष्ठ पत्रकार सुशील अर्यालले गोर्खाली पत्रकारहरूले गोरखाका ऐतिहासिक, साँस्कृतिक पहिचान स्थापित हुने खालका समाचारहरू खोज्ने तथा लेख्नुपर्नेमा जोड दिए।

गोरखाका अन्य पत्रकारहरू बद्री पोखरेल, भरत ढकाल, विवेक रेग्मी, अमृत दाहाललगायतले गोरखाको समग्र विकास र गोरखाका पत्रकारहरूको क्षमता अभिवृद्धिमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा नवनिर्वाचित अध्यक्ष वन्तले गोरखामा रहेका तथा काठमाडौँमा बसेर पत्रकारिता गरिरहेका सबै पत्रकारहरूको क्षमता अभिवृद्धि गर्नमा आफूले सक्दो कोसिस गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले कुनै पनि दल तथा वैचारिक विचारधारमा विभाजित नभइ गोरखा र गोरखाको पत्रकारिताको विकासका खातिर जुटेर लागिरहने वचन दिँदै एक भएर अघि बढ्न सबैलाइ आह्वान समेत गरे। गोरखा पत्रकार समाज गोरखाबाट काठमाडौँ आएर विभिन्न सञ्चारमाध्यममा आबद्ध भइ पत्रकारिता गरिरहेकाहरूको संस्था हो। संस्था २०७७ सालमा दर्ता भएर क्रियाशील रूपमा अघि बढिरहेको छ।

प्रकाशित: २७ माघ २०८० १७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast