चितवन- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले गरिबको पहिचान गरी परिचयपत्र वितरणको काम भइरहेको बताएकी छन्।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले गरिब घरपरिवार पहिचान गरी वर्गीकरण गरेर परिचयपत्र वितरणको काम अघि बढेको बताइन्।
मन्त्री चौधरीले भनिन्, ‘गरिब पहिचान गर्दै परिचयपत्र वितरणको काम भइरहेको छ। यसलाई अझै प्रभावकारी रूपमा अघि बढाइने छ। गरिबी निवारणका लागि सरकारले प्रभावकारी रूपमा काम गरिरहेको छ।’
भूमि आयोगबाट हुनुपर्ने काम भइरहेको बताउँदै उनले सुकुम्बासीलाई चाँडै नै जग्गा उपलब्ध गराइने जानकारी दिइन्।
प्रकाशित: २७ माघ २०८० ११:४७
प्रतिक्रिया