१५ लाख घूससहित पक्राउ परेका बनेपाका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस २६ माघ २०८० १५:५८
90
SHARES
१५ लाख घूससहित पक्राउ परेका बनेपाका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ-काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घूससहित पक्राउ परेका बादेविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घूस मागेको उजुरीका आधारमा उनी गत माघ ३ गते रंगेहात पक्राउ परेका थिए।

‘अनुसन्धानको सिलसिलामा जिल्ला काभ्रे, बनेपा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष नृपेश बादेले घरबाटो सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु १५,००,०००।– (पन्ध्र लाख रुपैयाँ) घूस–रिसवत माग गरी लिएको पुष्टि भएको हुँदा निज नृपेश बादेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु १५,००,००० कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ को देहाय (च) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरिएको छ’, अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: २६ माघ २०८० १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast